काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ । दुई खेल सकिँदा एक/एक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो ।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो । विश्वकप अगाडि नेपालले वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज खेल्दै छ।
नेपालले वेस्ट इन्डिजसँगको सिरिजको चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ । यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।