Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्त विश्वकप टोलीमा फर्किए


१९, वैशाख २०८१
  • 230
    SHARES
  • डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्त विश्वकप टोलीमा फर्किए

    काठमाडौँ । १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी - २० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ ।

    पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् ।

    उच्चस्तरको क्रिकेटमा फर्किएयता २६ वर्षे पन्तले राम्रो प्रभाव पारेका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ खेलमा ३ सय ९८ रन बनाइसकेका छन् ।

    भेट्रान विकेटकिपर केएल राहुलको स्थानमा पन्तलाई ल्याइएको हो । रोहित शर्माको कप्तानीमा रहने भारतीय टोलीमा उच्च दबाबमा रहेका हार्दिक पाण्ड्ये उपकप्तान रहेका छन् ।

    सन् २०२२ को डिसेम्बरमा दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बाँचेपछि पन्तले त्यसलाई ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए । उनको मर्सिडिज कार रेलिङमा ठोक्किएर पल्दिँदा आगो लागेको थियो ।

    प्रत्यक्षदर्शीले पन्तलाई कारबाट निकालेर उद्धार गरेका थिए । उक्त कार दुर्घटनाका कारण उनको दाहिने घुँडाको लिगामेन्ट खराब भएको थियो भने नाडी, एङ्कल र ढाडमा चोट लागेको थियो ।

    बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा उनी रिहाबिटेसनका लागि वैशाखी टेकेर नै पुगेका थिए । गत वर्ष उनको अनुपस्थितिमा अस्ट्रेलियाका ओपनर डेविड वार्नरले आइपिएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए । यसै सिजन मैदान फर्किएका पन्तले नै अहिले दिल्लीको नेतृत्व गरिरहेका छन् ।

    कार दुर्घटनापछिको पहिलो खेलमै उनले ३२ बलमा ५१ रन बनाएपछि उनलाई दर्शकले उठेर न्यानो अभिवादन गरेका थिए । सन् २०१७ मा ‘डेब्यु’ गरेयता पन्तले भारतबाट टेस्ट, एक दिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १ सय २९ खेल खेलिसकेका छन् ।

    भारतको विश्वकप टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवको जिम्मेवारीमा हुनेछ । ओपनर शुभमन गिललाई चार वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ ।

    एक दिवसीय विश्वकपमा चोटग्रस्त हार्दिक पाण्ड्ये त्यसपछि भारतीय टोलीमा फर्किएका हुन् । आइपिएलमा गुजरात टाइटन्स छाडेर रोहित शर्माको स्थानमा मुम्बईको कप्तान भएयता उनी विवादले घेरिएका छन् ।

    भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्ये (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend