Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वेस्ट इन्डिज 'ए' सँग नेपाल ७६ रनले पराजित


१९, वैशाख २०८१
  • 142
    SHARES
  • वेस्ट इन्डिज 'ए' सँग नेपाल ७६ रनले पराजित

    काठमाण्डाै – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल ७६ रनले पराजित भएकाे छ ।

    वेस्ट इन्डिज 'ए' ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकेश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज 'ए' का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।

    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज 'ए' का ओपनर ब्याटर जाेनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

    याेसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज 'ए' ले २–१ ले अग्रता लिएकाे छ । यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

    नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend