Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित


२०, वैशाख २०८१
  • 147
    SHARES
  • आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो।

    साविक विजेता चेन्नई माथि ७ विकेटको जित निकाल्दै पञ्जाब १० खेल खेलेर आठ अंकसहित सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट अंक तालिकाको चौंथो स्थानमा रहेको चेन्नई यो हारसँगै १० अंकमा सीमित भएको छ।

    चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

    चेन्नईविरुद्ध पञ्जाबका जोनी बेयरस्टोले ४६ रन बनाए। राइली रुसो ४३ र प्रभसिमरन सिंह १३ रनमा आउट हुँदा शशांक सिंह २५ र कप्तान साम करन २६ रनमा नटआउट रहे। चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एकएक विकेट हात पारे।

    पहिला ब्याटिङ थालेको चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल मात्र १ रनमा नटआउट रहे।

    पञ्जाबका हरप्रित बराड र राहुल चाहरले दुईदुई विकेट लिँदा कागिसो रबाडा र अर्शदीप सिंहले एकएक विकेट हात पारे।

    आईपिएल अन्तर्गत बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे हैदरावादमा हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend