Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छु


२०, वैशाख २०८१
  • 233
    SHARES
  • सन्दीप भन्छन्- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छु

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ भएको बताउँदै षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

    बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका उनले बुधबार राति सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

    हिजै नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी- २० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरेको छ। क्यानले उक्त घोषणा गरे लगत्तै सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।

    पहिलो पोस्टमा हाँसेको इमोजी मात्र सेयर गरेका उनले लामो समयदेखि आफूले पोस्ट नगरेको सबै भगवानको भरमा छाडेको लेखेका थिए । यस्तै, तेस्रोमा उनले आफूमाथि षड्यन्त्र भएको बताउँदै छिट्टै सबैको नाम सार्वजनिक गर्ने बताएका छन् ।

    ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्, ‘ उनी लेख्छन्।

    जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend