Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ बुटवल - भैरहवामा संचालनमा


२०, वैशाख २०८१
  • 169
    SHARES
  • राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ बुटवल - भैरहवामा संचालनमा

    बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ बुटवल - भैरहवामा संचालनमा आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएको हो ।

    बुधबार इ–ड्राइभको सेवा शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता भएको बताए । स्वदेशमै धेरै सम्भावना रहेको बताउदैँ मुख्यमन्त्री महराले स्वदेशमै केही गरौं भन्नेहरुलाई थुप्रै अवसर भएको र युवा तथा उद्यमीलाई प्रदेश सरकारले सधै सहयोग गर्दै जाने उल्लेख गरे ।

    इ–ड्राइभ नेपाल प्रालिले विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको छ । उक्त सेवा विस्तार गरी भैरहवा–बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन सुरु गरिएको हो । 

    कुनै गन्तव्यमा जानु परेमा सर्वसाधरणले इ–ड्राइभको एपमार्फत् सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्नेछन् । बुधबारदेखि संचालनमा ल्याइएको उक्त सेवाले सवारीसाधन विहिन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने छ । पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी संचालनमा ल्याइएको हो ।

    इ–ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको छ भने सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था मिलाइएको इ–ड्राइभ नेपाल प्रालि लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुप्ताले बताए । युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिने, इलेक्ट्रिक सेवाको उच्चतम प्रयोग गर्दै इन्धनका लागि विदेशिने ठूलो धनराशी जोगाउनु र वातावरणको संरक्षण गर्नु पनि इ–ड्राइभ नेपाल उद्देश्य रहेको संचालकले जनाएका छन् ।

    कम्पनीले पहिलो चरणमा ५ वटा विद्युतीय सवारी संचालनमा ल्याएको छ । यस्तै, एक हजार बढी मोटरसाइकल र स्कुटर तथा सयौं साना सवारी चालक युवाहरु आबद्ध भएका छन् ।

    यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने भएकाले इ–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने कम्पनीको दावी छ ।

    यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ । इ–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ । १० जना युवाहरुको पहलमा पहिलोपटक लुम्बिनी उक्त सेवा सुरु गरिएको हो । यसले सयौं युवालाई स्वरोजगार बन्न टेवा पुर्याउने छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend