Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित


२१, वैशाख २०८१
  • 169
    SHARES
  • शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ।

    पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो।

    १५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको हो।

    शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे। यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।

     

    टस जितेर सुरुमा ब्याटिङ गरेको हैदरावादका लागि ट्रेभिस हेड र नितिश कुमार रेड्डीले अर्धशतकीय इनिङ खेले। नितिशले नटआउट ४२ बलमा ७६ रन बनाउँदा हेडले ४४ बलमा ५८ रन जोडेका थिए।

    उसका लागि हेनरिक क्लासेन ४२ रनमा नटआउट रहे। अभिषेक शर्मा १२ रनमा आउट हुँदा अनमोलप्रीत सिंहले ५ रन जोडे। हैदरावादले मात्र तीन विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

    हैदरावादलाई सस्तैमा समेट्न राजस्थानले कसिलो बलिङ गरेको थियो। आवेश खानले दुई विकेट हात पार्दा सन्दीप शर्माले एक विकेट लिए।

    हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले सुरुमा दुई विकेट शून्य रनमै गुमाएको थियो। जोस बटलर पहिलो बलमै आउट भएका थिए भने सञ्जु श्यामसन ३ बल खेलेर बिना रन पेभिलियन फर्किएका थिए।

    राजस्थानका लागि यशस्वी जैसवाल र रियान परागले सम्हालिएर प्रदर्शन गरे। दुवै ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले। जैसवालले ४० बलमा ६७ रन बनाए भने परागले ४९ बलमा ७७ रन जोडे। रोभम्यान पावेल २७, सिमरोन हेटमायरले १३ रन बनाउँदा रविचन्द्रन आश्विन २ रनमा नटआउट रहे।

    राजस्थानमाथि महत्त्वपूर्ण जित निकाल्न हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट हात पारे भने प्याट कमिन्स र टि नटराजनले दुईदुई विकेट हात पारे।

    आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend