Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाल्पामा आगलागी : ८१ घरगोठ जलेर नष्ट


२२, वैशाख २०८१
  • 187
    SHARES
  • पाल्पामा आगलागी : ८१ घरगोठ जलेर नष्ट

    पाल्पा । जिल्लामा आगलागी भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका बस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।

    जंगलमा लागेको भीषण आगो बस्तीमा सल्किँदा जिल्लामा दर्जनौं घरगोठ जलेर नष्ट भएका छन्, भने लाखौंको भौतिक क्षति हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयको वैशाख महिनाको १९ गतेसम्मको तथ्यांक हेर्दा जिल्लामा ८१ घरगोठ जलेर नष्ट भएका छन् । जहाँ ३३ घर र ४८ गोठ जलेको प्रहरीले जनाएको छ ।

    यस्तै आगागीबाट तीन जना घाइते भएका छन् भने ६४ पशुचौपया जलेका छन् । बुधबारसम्मको तथ्यांक अनुसार माथागढी गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगलागीबाट १३ घरगोठ र १९ पशुचौपाय जलेका छन् ।

    जहाँ आगो निभाउने क्रममा एक जना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जहाँ ४ घरगोठ र ४ पशुचौपया जलेका छन् ।

    पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा बुधबार जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २७ घरगोठ र ८ पशुचौपया जल्दा लाखौंको धनमाल नष्ट भएको छ । यहाँका अन्य ठाउँहरूमा पनि यसअघि आगलागी भएको थियो । जहाँ ५ घरगोठ पूर्णरूपमा नष्ट भएका थिए भने १ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    यस्तै रम्भा गाउँपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट २ घरगोठ र २ वटा पशुचौपाय जलेर नष्ट भएका छन् । तिनाउ गाउँपालिकामा पनि आगलागीबाट २ घरगोठ र ९ पशुचौपया जलेर नष्ट भएका छन् ।

    यस्तै तानसेन नगरपालिकाका विभिन्न ठाउँमा आगलागी हुँदा १ घर र १ बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यहाँको श्रीनगर जंगलमा समेत आगलागी भएको थियो ।

    रिब्दीकोट गाउँपालिकामा आगलागी हुँदा एक बाख्रा जलेको छ । यस्तै रामपुर नगरपालिकाको ४ र ५ मा आगलागी हुँदा ९ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जल्नुको साथै १५ पशुचौपया र ५ सय कुखुरा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । उता बगनासकाली गाउँपालिकाका सामुदायिक वनमा आगलागी भएको छ ।

    जंगलमा आगो लागे पनि बस्तीमा नगएकाले कुनै क्षति भने भएको छैन् । जिल्लाका विभिन्न ठाउँमा डढेलो लगाउने १८ जनालाई पहिचान गरी प्रहरीले पक्राउ समेत गरेको छ ।

    जिल्लामा हालसम्म २ हजार ८ सय हेक्टर वनजंगल आगलागी भएको छ । एक महिनामा पाल्पामा १ सय २० स्थानमा आगलागी भएको छ । पाल्पाको सबैभन्दा धेरै तिनाउ गाउँपालिका र कम निस्दी गाउँपालिकामा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend