Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा


२३, वैशाख २०८१
  • 109
    SHARES
  • गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्र्ज बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजि गर्दै सातौं स्थानमा उक्लिएको छ।

    गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको हो।

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।

    सुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो।

    गुजरातलाई सस्तैमा समेट्न गुजरातका लागि मोहम्मद सिराज, यस दयाल र विजयकुमार विषायकले दुईदुई विकेट हात पारे। क्यामरुन ग्रिन र कर्ण शर्माले एकएक विकेट लिए।

    १४८ रनको मध्यम लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। उनले २३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका हुन्।

    ओपनर विराट कोहलीले २७ बलको सामना गर्दै ४२ रन जोडे। उसका लागि दिनेश कात्तिकले नटआउट २१ रन जोड्दा स्वप्निल सिंहलेसमेत नटआउट १५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

    गुजरातका लागि जोश लिटिलले एक्लै चार विकेट हात पारे भने नूर अहमदले दुई विकेट लिए। यो जितसँगै आरसिबी ८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने गुजरात ६ अंकसहित नवौं स्थानमा झरेको छ।

    आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्सबिच दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend