Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संघीयतामाथि प्रश्न उठ्न थाल्यो : उपसभापति खड्का


२४, वैशाख २०८१
  • 137
    SHARES
  • संघीयतामाथि प्रश्न उठ्न थाल्यो : उपसभापति खड्का

     सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन नबन्दा संघीयतामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

    उनले प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन नसकेको बताए । ‘संघले आवश्यक कानुनहरु बनाउन नसक्दा संघीयतामाथि प्रश्न उठिरहेका छन्,’ आइतबार सुर्खेतमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘सरकारले तत्काल संघीयता कार्यान्वयनसँग सम्वन्धीत कानुनहरु निर्माण गरेर संघीयतालाई पूर्ण कार्यान्वयन गरिनुपर्छ ।’

    उनले कांग्रेस सहभागी सरकारले संघीयता कार्यान्वयनका महत्वपूर्ण कानुनहरु निर्माणलाई अन्तिम रुप दिएको पनि बताए । उपसभापति खड्काले संघीयता कार्यान्वयनमा देखिएका समस्याहरुलाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

    ‘कांग्रेसको नेतृत्वमा ७० वर्षको संघर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिवद्धता र संकल्प गर्नु भएको थियो,’ उनले भने, ‘संघीयता कार्यान्वयनमा आएको यो आठ वर्षको अवधिमा भोगेका अप्ठ्याराहरुलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।’

    उपसभापति खड्काले भातृ संस्था बलियो भए पार्टी बलियो हुने बताए । उनले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकोले यस संस्थाको महत्व रहेको बताए ।

    उनले आदिवासी जनजाति समुदायको महत्व परापूर्वकालदेखि भएको भन्दै लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले पार्टीलाई मजबुत बनाउने विस्वास व्यक्त गरे ।

    उपसभापति खड्काले छाता संगठनको रुपमा महासंघलाई लिइएको भन्दै पार्टीको सदस्यता बढाउनमा पनि भूमिका खेल्नुपर्ने बताए ।

    विचार समुहमा जोडिएका सम्पूर्ण सदस्यहरुलाई एकतावद्ध गर्नुपर्नेमा उपसभापति खड्काले जोड दिए । वडादेखि प्रदेशसम्म संगठनलाई मजबुत बनाई अभियान सफल बनाउन उनले निर्देशन दिए ।

    उपसभापति खड्काले अहङ्कार, रिस र घमण्ड त्यागे मात्रै जनता र कार्यकर्ताको मन जित्न सकिने बताए । नेपाली कांग्रेसले विगतदेखि नै आर्थिक, सामाजिक, र राजनीतिक जस्ता युगान्तकारी परिवर्तन गरेको बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend