Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुम्बई इण्डियन्सले सनराइजर्सलाई हरायो


२५, वैशाख २०८१
  • 163
    SHARES
  • मुम्बई इण्डियन्सले सनराइजर्सलाई हरायो

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।

    हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । आईपिएलमा यादबको पहिलो तथा टि –२० क्रिकेटमा पाँचौ शतक हो । 

    तिलक बर्माले नटआउट ३७ रन जोडे । त्यसअघि वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४८ रन बनाए ।

    नितिश कुमार रेड्डीले २० र म्याक्रो जानसेनले १७ रन जोडे । मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए । जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend