Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रकाश दाहाल स्मृति भलिबल : सेमिफाइनल र फाइनल आजै


२५, वैशाख २०८१
  • 133
    SHARES
  • प्रकाश दाहाल स्मृति भलिबल : सेमिफाइनल र फाइनल आजै

    ललितपुर - महाङ्काल गाउँपालिकामा जारी प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल मंगलबार हुँदैछ। 

    प्रतियोगितामा घरेलु टोली महाङ्काल गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाले अन्तिम चारमा स्थान बनाएका छन्। 

    मानिखेलको भलिबल कोर्टमा घ्याङलेख गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाबीचको सेमिफाइनल प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनल खेल आयोजक महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीच गोटीखेलको भलिबल कोर्टमा हुनेछ। 

    यसअघि बागमती गाउँपालिकालाई २५–२२, २९–२९ ले हराएर महाङ्कालले सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै क्वार्टरफाइनलमा थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले पराजित गरेको हो। 

    त्यस्तै हेटौंडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले निरास बनाएर अन्तिम चारमा स्थान बनाएको थियो भने अर्को क्वार्टरफाइनलमा घ्याङलेखले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हराएको थियो।

    प्रतियोगिताको फाइनल खेल पनि मंगलबार नै हुनेछ। प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने टोलीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ। 

    प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend