Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै


२७, वैशाख २०८१
  • 152
    SHARES
  • आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

    काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज एक खेल हुँदै छ ।

    आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

    जारी आइपिएलमा पञ्जाब किंग्सले ११ खेलमा केवल ४ खेल मात्र जितेर ८ अंकसहित आठौँ स्थानमा छ । पञ्जावले यस सिजनमा अहिलेसम्म ७ खेलमा हार बेहोरेको छ ।

    त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पनि ११ खेलमा ४ खेल जितेको छ र ७ खेलमा हार बेहोरेको छ ।

    पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन्  ।

    पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    आइपिएलमा पञ्जाब किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाब आठौँ भएको थियो ।

    त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend