Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित


३०, वैशाख २०८१
  • 125
    SHARES
  • शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।

    वर्षाले अवरुद्ध भएपछि १६ ओभरमा छुट्याइएको खेलको सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १५८ रनको लक्ष्य पूरा गर्न नसक्दा प्लेअफ दौडबाट बाहिरिएको मुम्बई आठ विकेट गुमाउँदै १३९ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता शीर्ष स्थानमा रहँदै १८ अंकका साथ प्लेअफमा पुगेको छ। मुम्बई भने प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको टिम हो। उसले १३ खेल खेल्दा ९ खेल गुमाएको छ।

    टस जितेर मुम्बईले ब्याटिङको निम्तो दिएको खेलमा कलकाताका सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिएका थिए। उसका लागि वेंकटेश अय्यरले सर्वाधिक ४२ रन बनाए। नितिश राना ३३ रनमा आउट हुँदा आन्द्रे रसेल २४ र रिंकु सिंह २० रन बनाएर आउट भएका थिए। उसका लागि रमनदीप सिंह १७ रनमा नटआउट रहे।

    ओपनर फिल साल्टले ५ बलमा ६ रन बनाउँदा सुनिल नारायन पहिलो बलमै आउट भएका थिए। मुम्बईले कोलकातालाई १६ ओभरमा ७ विकेट हात पार्दै १५७ रनमा समेटेको थियो।

    उसका लागि जसप्रित बुमराह र पियुष चावलाले समान दुईदुई विकेट लिँदा अंशुल कम्बोज र नुवान तुषाराले एकएक विकेट हात पारेका थिए।

    कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि इशन किसनले सर्वाधिक ४० रन जोडे भने तिलक बर्माले ३२ रन बनाए। रोहित शर्मा १९, नमन धिर १७ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो रन जोड्न सकेनन्। कप्तान हार्दिक पाण्डेयले ४ बल खेलेर २ रन जोडेका थिए।

    मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुईदुई विकेट हात पारे भने सुनिल नारायनले १ विकेट लिए। आईपिएलको यो सिजनमा अब मुम्बईले अब एउटा मात्र खेल खेल्न बाँकी छ। शीर्ष स्थानको कोलकाताले भने अझै दुई खेल खेल्नेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend