Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ब्याडमिन्टनका प्रिन्सले पेरिस ओलम्पिक खेल्ने


३०, वैशाख २०८१
  • 173
    SHARES
  • ब्याडमिन्टनका प्रिन्सले पेरिस ओलम्पिक खेल्ने

    काठमाडौं । ब्याडमिन्टनका नेपाली युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् ।

    प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा  छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ  ।

    उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।

    प्रिन्सले पछिल्लो पटक चिनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । जहाँ उनी छनोट चरण पार गर्दै मुख्य राउन्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए ।

    उनले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए । प्रिन्स ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एकसम्म पुग्दै कीर्तिमान बनाएका थिए । ब्याडमिन्टन खेलको लागि यो एउटा ऐतिहासिक सफलता हो ।

    प्रिन्सले आफ्नो लागि यो सपना पूरा भएको बताए । ‘एकदमै खुशी लागिराछ । सपना पुरा हुँदैछ । अझै धेरै गर्नु बाँकी छ’, उनले भने ।

    प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ओलम्पिक कमिटी र नेपाल ब्याडमिन्ट संघले छिटै आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसको आधिकारिक घोषणा भने १/२ दिनमा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend