अर्घाखाँची । शितगंगा नगरपलिकाको समन्वयमा नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा पालिका भित्रमा वैशाख २६ गते सम्ममा आगजनीबाट ठुलो क्षति भएर विपतमा परेकाहरुलाई स्थानीय जनप्रतिनिधीको रोहवरमा राहत स्वरूप विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश सभा निवर्तमान सदस्य निर्मला क्षेत्रीको पहलमा चामल,लत्ताकपडा लगायतका सामाग्रीहरु आगलागी पिडित रामप्रसाद अर्याललाई हस्तान्तरण गरिएको छ ।
उक्त सामाग्री वितरण कार्यक्रममा शितगंगा नगर प्रमुख छविलाल पौडेल शितगंगा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मालगायतको उपस्थति रहेको थियो ।
