Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा


३१, वैशाख २०८१
  • 155
    SHARES
  • आईपिएल : दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

    आइतबार राति एम चिन्नास्वामी क्रिकेट रंगशालामा सुरुमा ब्याटिङ गरेको आरसिबीले ९ विकेटको क्षतिमा दिएको १८८ रनको चुनौती पछ्याएको दिल्ली १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमा समेटिएको हो।

    महत्त्वपूर्ण खेलमा दिल्लीमाथि ४७ रनको जित निकालेसँगै आरसिबीले प्लेअफ सम्भावना कायमै राखेको हो। यो जितसँगै आरसिबीले १३ खेल खेल्दै १२ अंक जोडेको छ।

    समान खेल र अंक भए पनि रनरेटको आधारमा दिल्ली छैठौं स्थानमा पुग्दा आरसिबी पाँचौं स्थानमा उक्लिएको हो। प्लेअफका लागि अब एक खेल खेल्न बाँकी आरसिबीले चेन्नईलाई पराजित गरेर मात्र पुग्दैन। आरसिबीले दिल्ली, लखनउ र हैदरावादको खेलको नतिजामासमेत कुर्नुपर्ने हुन्छ।

    आइतबार राति टस हारेर सुरुमा ब्याटिङ गरेको आरसिबीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। उसका लागि रजत पटिदरले सर्वाधिक ५२ रन बनाए। विल ज्याक्स ४१, क्यामरुन ग्रिन ३२ रनमा आउट हुँदा विराट कोहलीले २७ रन जोडे।

    दिल्लीका खलिल अहमेद र राशिक सलमले दुई विकेट लिँदा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकएक विकेट हात पारे।

    १८८ रनको लक्ष्य पछ्याएको दिल्लीका कप्तान अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए। साइ होप २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ रन जोड्दा राशिक सलामले १० रन बनाए।

    दिल्लीलाई सस्तैमा समेट्न आरसिबीका यस दयालले तीन विकेट हात पारे। उनले मात्र २० रन खर्चिएर तीन ओभरमा तीन विकेट हात पारेका हुन्। उसका लागि लोकी फर्गुसनले दुई विकेट लिए भने स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एकएक विकेट लिए।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend