बुटवल । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवाली चयन भएका छन् ।
संघको बुटवलमा सम्पन्न अधिवेशनबाट रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत बुटवलमा निर्वाचनको अवसरमा रुपन्देही जिल्ला समिति सर्वसम्मन चयन भएको हो ।
ज्ञवालीको नेतृत्वमा चयन भएको जिल्ला समितिको उपाध्यक्ष पदमा सिए महेश घिमिरे, सचिवमा सिए सगुन खनाल, कोषाध्यक्षमा सिए विजय न्यौपानेलाई चयन गरिएको छ ।
जिल्ला कार्यसमिति सदस्यहरुमा सिए सन्तोष न्यौपाने, सिए ध्रुव पौडेल, सिए केशव बस्याल, सिए अच्युत पाण्डे, सिए सुमन नेपाललाई चयन गरिएको निवर्तमान अध्यक्ष सिए प्रदिप भट्टराईले जानकारी दिए ।
केन्द्रीय समितिको लागि लुम्बिनी प्रदेशको बुटवलमा भएको निर्वाचन भएको भएको सिए हरि लम्सालले जानकारी दिए । रुपन्देहीमा करिब ९० जना सदस्यहरु रहेका छन् ।
नवनियुक्त अध्यक्ष ज्ञवालीले सचिवालय निर्माण गर्ने, वित्तिय संस्थाहरुको संलग्नतामा खेल प्रतियोगिता सञ्चालन गर्ने, सामाजिक उत्तरदायीत्वका लागि बाल र बृद्ध आश्रममा सहयोग गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लगायतका कार्यहरु आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेको केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले जानकारी गराए । एक्यानको नेतृत्व लिनको लागि केन्द्रीय अध्यक्ष पदमा सिए रमेश धिताल र सिए अरुण राउत प्रतिस्पर्धामा छन् ।
सोही दिन नै लुम्बिनी प्रदेश समितिको पनि सर्वसम्मत निर्वाचित गरिएको थियो । एक्यान लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पोखरेललाई चयन गरिएको थियो ।
अधिवेशनबाट प्रदेश समितिको सचिवमा बाँकेका सिए उपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रुपन्देहीका सिए सुशील ज्ञवाली, सदस्यहरुमा रुपन्देहीका सिए बालकृष्ण पाण्डे र दाङका सिए दीपक सेटीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिए ।
