Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सकियो देवदह कार्यशाला, बुद्धमय बन्यो खयरडाँडा  


३१, वैशाख २०८१
  • 174
    SHARES
  • सकियो देवदह कार्यशाला, बुद्धमय बन्यो खयरडाँडा  

    रुपन्देही । रुपन्देहीको देवदहमा सञ्चालित दुइ दिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार सकिएको छ ।

    कार्यशालाको एक समारोहका विच उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गरेका हुन् । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताए ।

    उनले कलाकारहरुले निकै मेहनतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेके बताए ।

    २५६८ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा ड्रिम देवदह यूनिटि फर चेञ्जको आयोजनामा दुई दिने कार्यशाला गरिएको हो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठूलो सहयोग गर्ने बताइन ।

    यस्तै कार्यक्रममा  देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको कार्यशालाले देवदहको प्रवर्द्धनमा ठूलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताइन ।

    यस्तै लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासबलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । आयोजक ड्रिम देवदह यूनिटि फर चेञ्जका अध्यक्ष समेत रहेका भट्टराईले कलाकारहरुले उतारेका ऐतिहासिक चित्रहरुले देवदह र बुद्धको जीवनलाई उतारेको उनले बताए ।

    यस्तै समापन कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जिसि, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्दगोविन्द चौधरी,  खयरडाँडा संरक्षण समिति देवदह ९ का सल्लाहकार पिताम्बर खराल, सचिव दिपेश बस्याल, पवन पौडेल लगायतले बोलेका थिए ।

    २४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ । २ दिने कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिए ।

    ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक हुन । कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले कार्याशालाको उद्घाटन गरेकी थिइन ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend