Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पूर्वसांसद क्षेत्रीद्धारा अर्घाखाँचीका आगलागी पीडितलाई राहत हस्तान्तरण


१, जेठ २०८१
  • 213
    SHARES
  • पूर्वसांसद क्षेत्रीद्धारा अर्घाखाँचीका आगलागी पीडितलाई राहत हस्तान्तरण

    अर्घाखाँची । लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

    जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तिमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबार विहिन बन्न पुगेका थिए ।

    पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ ।

    पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताउनुभयो ।

    जिल्लाको भुमिकास्थान नगरपालिका वडा न - १,३ ४ र ५ मा क्रमस: वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा न - २ ५, शितगंगा नगरपालिका वडा न - ५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा न - ४ र ५, सन्धिखर्क नगरपालिका वडा न - २ मा आगलागि पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    सांसद क्षेत्रीले भन्नुभयो, प्राकृतिक विपत्तिको घडिमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्छ उहाँले भन्नुभयो । नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।

    1715511592-oGrLZ.jpg

    IMG_20240513_074302.jpgIMG-20240514-WA0007.jpgIMG-20240514-WA0008.jpg1715675368773.jpgIMG-20240514-WA0014.jpgIMG_20240513_185828.jpgIMG20240512193805.jpgIMG_20240513_200159.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend