Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दीपेन्द्र टी-२० विश्व वरीयतामा शीर्ष १० मा पर्न सफल


२, जेठ २०८१
  • 268
    SHARES
  • दीपेन्द्र टी-२० विश्व वरीयतामा शीर्ष १० मा पर्न सफल

    काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् ।

    आइसिसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औँ स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् ।

    टी-२० अलराउण्डरतर्फ श्रीलङ्काका वानिन्दु हसरंगा शीर्ष स्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अलि ९ औँ र लियाम लिभिङस्टोन ८ औँ स्थानमा छन् ।

    दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औँ स्थानमा छन् ।

    टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औँ र गुलशन झा ६० औँ स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औँ स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औँ छन् ।

    टी-२० को बलिङको वरीयतामा सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी-२० मा दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् ।

    रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औँ स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् । नेपाल टी-२० आई वरीयता १७ औँ स्थानमा छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend