Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

इन्डियन प्रिमियर लिग : दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार


३, जेठ २०८१
  • 186
    SHARES
  • इन्डियन प्रिमियर लिग : दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लगातार चौथो पराजय भोगेको छ।

    प्लेअफबाट बाहिरिसकेको पञ्जाब किंग्ससँग राजस्थान ५ विकेटले पराजित भएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो।

    लगातार चौथो हार खाएको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा कायमै छ। प्लेअफबाट बाहिरिसकेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ। उसले १३ मा ७ खेल गुमाउँदै १० अंक बनाएको छ।

    सुरुमा ब्याटिङ गरेको राजस्थानका आक्रामक ब्याट्सम्यान ओपनर यशस्वी जैसवाल ४ बलमा ४ रन बनाएर पहिलो ओभरमै आउट हुँदा उसको इनिङ धरमराएको थियो।

    उसका लागि रियान परागले सर्वाधिक ४८ रन बनाए। रविचन्द्र आश्विनले २८ रन जोड्दा कप्तान सञ्जु शैयामसन र टम कोहलर–क्याडमोरले समान १८-१८ रन बनाउँदा ट्रेन्ट बोल्ड १२ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानले ९ विकेट गुमाउँदै पूरै २० ओभरमा १४४ रन बनाएको थियो।

    राजस्थानलाई सस्तैमा समेट्न पञ्जाबका लागि सैम कुरान, हर्षल पट्टेल र राहुल चर्हरले समान दुईदुई विकेट हात पारे भने आर्शदीप सिंह र नाथन एलिसले एकएक विकेट लिए।

    १४५ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान सैम कुरानले कप्तानी पारी खेले। बलिङतर्फ मात्र २४ रन दिएर दुई विकेट हात पारेका उनले ब्याटिङतर्फ अर्धशतकीय पारी खेले। कुरानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ६३ रन जोडेका हुन्।

    जितेश शर्मा र रिली रोसोउले समान २२-२२ रन जोड्दा आसुतोष शर्माले नटआउट १७ रन बनाए। ओपनर जोनी बेयरस्टोले १४ रन जोड्दा अन्य ब्याट्सम्मायनले दोहोरो अंकमा रन जोड्न सकेनन्। १८ ओभर ५ बल खेल्दा पञ्जाबले राजस्थानमाथि ५ विकेटको जित निकालेको हो।

    आईपिएल अन्तर्गत बिहीबार गुजराट टाइटन्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend