Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जीप दुर्घटनामा दुईजनाको मृत्यु, १३ घाइते


३, जेठ २०८१
  • 154
    SHARES
  • जीप दुर्घटनामा दुईजनाको मृत्यु, १३ घाइते

    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । 

    निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व)मा गएराति मृत्यु भएको  हो । 

    दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
           
    प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए । रासस 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend