बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही कार्यसमितिको नियमित बैठक सम्पन्न भएको छ ।
पर्यटन प्रबर्द्धनको नारासहित आन्तरिक पर्यटनको विकास र सम्भावनाको अध्ययन तथा अवलोकन सहितको अभिप्रायले उक्त बैठक लेखनाथ भण्डारीको अध्यक्षतामा पाल्पामा सम्पन्न भएको हो ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका महासचिव अर्जुन थापाले बैठक महत्त्वपूर्ण र सन्देशमुलक भएको बताए ।
साथै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ पाल्पा जिल्ला समितिसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको महासचिव थापाले बताए ।