Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी


३, जेठ २०८१
  • 213
    SHARES
  • ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

    काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

    एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो ।

    जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ । सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।

    एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाइन ।

    बलिङतर्फ सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले एक–एक विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन् । कविता जोशीले अविजित २९ तथा रुवि पोदारले २९ रन बनाइन् ।

    बलिङतर्फ एपिएफका रेखा रावल र इन्दु बर्माले एक एक विकेट लिए । पाँच टोली सहभागी उक्त प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend