Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाललाई एक खेल अगावै सिरिज


४, जेठ २०८१
  • 167
    SHARES
  • नेपाललाई एक खेल अगावै सिरिज

    काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पुनरागमन गरेको थियो ।

    नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए ।

    टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

    रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।

    तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।

    नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend