Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई


५, जेठ २०८१
  • 174
    SHARES
  • ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

    काठमाण्डौ – ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको छ ।

    एपीएफले दिएको एक सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५३ रन मात्र बनाउन सक्यो ।

    सुदूरपश्चिमका लागि कबिता जैसीले अविजित ६७ र लक्ष्मी साउदले २९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । एपीएफका लागि करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिइन् ।

    यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ क्लबले  २० ओभरमा चार विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो ।

    लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै चाैथो पटक उपाधि जितेको छ । प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, ललितपुर मेयर्स, कोशी, बाग्मती र मधेश गरी पाँच टोली सहभागी थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend