Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएलमा आज : हैदराबाद र पञ्जाब तथा राजस्थान र कोलकाता खेल्दै


६, जेठ २०८१
  • 287
    SHARES
  • आईपीएलमा आज : हैदराबाद र पञ्जाब तथा राजस्थान र कोलकाता खेल्दै

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् ।

    आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो खेल हैदराबादमा हुनेछ ।

    हैदराबाद १३ खेलमा १५ अङ्गसहित तालिकाको तेस्रो र यसअघि नै प्लेअफ होडबाट बाहिरिएको पञ्जाब १० अङ्गसहित नवौं स्थानमा छ । आजको खेलमा हैदराबाद विजयी भएमा उसको १७ अङ्क हुनेछ ।

    यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच गुवाहटीमा खेल हुनेछ । कोलकाता १३ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

    राजस्थान १६ अङ्कसहित दोस्रो स्थानमा छ । आईपीएलको पहिलो क्वालिफायरमा पर्सि कोलकाता र अङ्कतालिकाको दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्न खेल्नेछन् ।

    बुधवार हुने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र तेस्रो स्थानमा रहने टोली खेल्नेछन् । यो खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न खेल्नेछ । क्वालिफायरको दोस्रो खेल शुक्रवार र फाइनल खेल आउँदो आइतवार हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend