Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा दुई दिने दोहोरी प्रतियोगिता, प्रथम हुनेले ५५ हजार पुरस्कार पाउने


७, जेठ २०८१
  • 265
    SHARES
  • बुटवलमा दुई दिने दोहोरी प्रतियोगिता, प्रथम हुनेले ५५ हजार पुरस्कार पाउने

    बुटवल - लोक दोहोरी गीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता हुँदैछ ।

    लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा हुने दुई दिने प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट प्रतियोगी टिम बुटवल आउँदैछन् ।

    प्रतिष्ठानका अध्यक्ष दिपु मगरले रुकुम पूर्व र अर्घाखाँचीबाहेक दश जिल्लाबाट टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिए । हरेक जिल्लाबाट तीन जना पुरुष र तीन जना महिला सहितको टिम हुनेछन् ।

    प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५, द्वितीयले ३३ हजार ३३३, तृतीयले २१ हजार १११ र सान्त्वनाले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतिष्ठानका सचिव योगराज पोखरेलले कार्यक्रममा ७०० कलाकारको सहभागिता रहने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्‌का सदस्यसचिव जयप्रकाश भट्टराईले दोहोरी खेल दिमाग खिवाउने खेल भएकोले खेलकुदको विधामा पनि पर्ने बताए ।

    प्रतियोगितामा निर्णायक संमितिको संयोजकको जिम्मेवारीमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल रहेका छन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend