Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्याब्सन बुटवलद्धारा गौ सेवा सञ्चालनको लागि एक लाख हस्तान्तरण


७, जेठ २०८१
  • 510
    SHARES
  • प्याब्सन बुटवलद्धारा गौ सेवा सञ्चालनको लागि एक लाख हस्तान्तरण

    बुटवल । प्याब्सन बुटवलद्धारा शिवनगरको गौशालामा रहेको गौ सेवा सञ्चालनको लागि रु एक लाख रकम हस्तान्तरण गरिएको छ । उक्त रकम बुटवल उपमहानगर‌पालिका प्रमुख खेलराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।

    उपमहानगर‌पालिकामा रहेका चौपायाहरुको सरंक्षणका लागि महानगर‌को मात्र दायित्व नभएर सस्थांहरुको पनि उत्तिकै भुमिका रहेको बताउदैँ प्रमुख पाण्डेले आफनो दक्षता अनुसार चौपायाको सेवामा लाग्न सबैलाई आग्रह गरे । साथै उनले प्याब्सन बुटवललाई धन्यवाद समेत दिएका थिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले सामाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले सस्थाले उक्त रकम हस्तान्तरण गरेको उल्लेख गरे । अध्यक्ष आचार्यले शिक्षाको गुणस्तरका साथै सामाजिक सेवामा उपमहानगर‌पालिकासँग सहकार्य गरी अगाडि बढन प्याब्सन तयार रहेको बताए ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपाने, लोकनाथ उपाध्याय, कुलराज शर्मा, कुलानन्द पाण्डे ,तोयराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम प्याब्सन बुटवलका सचिव रामकृष्ण खनालले सञ्चालन गरेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend