Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त


८, जेठ २०८१
  • 238
    SHARES
  • आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्।

    श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता र प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावादको पहिलो क्वालिफायर अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

    कोलकाताका सुनिल नारायन, आन्द्रे रसेल, फिल साल्ट र श्रीयस अय्यर र रिंकु सिंहलाई प्रभाव पर्ने ब्याट्सम्यानको रुपमा हेरिएको छ।

    त्यहाँ जुनसुकै बेला प्लेइङ–११ ले प्रभाव जमाउने छन्। बलिङतर्फसमेत सुनिल नारायन अगाडि छन्। वरुण चक्रवर्ती, हर्षित राना, आन्द्रे रसेल र मिचेल स्टार्कले बलिङमा उत्तिकै प्रभाव पार्नेछन्।

    आईपिएल इतिहासमा कोलकाताले पहिलो क्वालिफायरमा पराजय भोगेको छैन। अहिलेसम्म दुई पटक पहिलो क्वालिफायर खेलेको कोलकाताले दुवै पटक फाइनल पुगेर उपाधि उचालेको छ।

    १३ पटक आईपिएलको प्लेअफ पुगेको कोलकाताले ८ पटक जित निकाल्दा ५ खेलमा पराजय भोगेको छ। आजको खेललाई महत्त्वका साथ हेरिएको छ।

    यो सिजनमा हैदरावादको खेललाई हेर्दा पहिलो क्वालिफायरबाट फाइनल पुग्ने सम्भावना उत्तिकै छ। हैदरावादका ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ओपनिङमा थुप्रै रेकर्ड बनेका छन्।

    यो सुरुवाती ब्याटिङ कोलकाताका लागि चुनौती बन्नसक्छ। उसका लागि हेनरिक क्लसेन र नितिश कुमार रेड्डीसमेत फममा छन्।

    बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, कप्तान प्याट कमिन्स, टि नटराजन, आकाश सिंह कोलकाताका लागि भारी बन्नसक्ने देखिन्छ।

    पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने दुवै टिमले फाइनलका लागि अवसर पाउने छन्। क्वालिफायर १ को विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छन्।

    बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। एलिमिनेटरमा पराजित टिमको भने आईपिएल यात्रा समाप्त हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend