Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा


९, जेठ २०८१
  • 226
    SHARES
  • हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा

    काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

    हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले अर्धशतक प्रहार गरे । २४ बलको सामना गरेका श्रेयसले चार छक्का र पाँच चौकाको मदतमा ५८ रन बनाए ।

    त्यस्तै वेंकटेशले २८ बलमा ५१ रन बनाए । त्यस्तै रहमानउल्लाह गुरबाज २३ तथा सुनिल नारायणले २१ रनको योगदान गरे । हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले एक/एक विकेट लिए ।

    त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित १९.३ ओभरमा अलआउट हुनुअघि १५९ रन बनाएको थियो ।

    हैदरावादका लागि राहुल त्रिपाठीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन् । ३५ बल खेलेका त्रिपाठीले सात चौका र एक छक्कासहित ५५ रन बनाए । त्यस्तै हेनरिक क्लासेनले ३२, कमिन्सले ३०, अब्दुल समदले १६ रनको योगदान गरे ।

    हैदरवादको ब्याटिङ्लाई रोक्नेक्रममा कोलकताका मिचेल स्टार्कले चार ओभरमा ३४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा,सुनिल नारायण, हर्षित राना र आन्द्रे रसेल एक/एक विकेट लिए ।

    योसँगै कोलकाता फाइनलमा प्रवेश गरेको छ, भने पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छ।

    बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend