Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिता गर्दै 


१०, जेठ २०८१
  • 278
    SHARES
  • सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिता गर्दै 

    काठमाण्डौँ । सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको छ ।

    राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको सोताकान करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

    सोताकान कराते (एसकेडीयुएन)को आयोजना र गाकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान कराते (एसकेडीयुएन)का विशेष प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिए ।

    त्यसैगरी सोताकान कराते डो संघले, नेपालको विभिन्न प्रदेशसगै स्थानीय तहमा समेत खेल प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने गरेको सोताकान कराते डो संघका प्रमुख प्रशिक्षक दोर्जेमान तामाङले जानकारी दिए । प्रशिक्षक दोर्जेमान तामाङले भने,“ सोताकान कराते (एसकेडीयुएन) विश्वका ३६ वटा राष्ट्रमा स्थापित छ । म आफै पनि विभिन्न देशले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी भएको छु ।”

    त्यसैगरी आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा करिब ७ वटा राष्ट्रका खेलाडीहरु सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बद्री बहादुर महतले जानकारी दिए । उनले भने, “खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्धारा खेलको उद्घाटन हुने तयारी गरेका छौँ । नेपाल सोतोकान कराते डा संघबाट धेरै नेपाली खेलाडीहरु विश्वका विभिन्न देशले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाई उपलब्धी प्राप्ती गरेका छन् । विश्वका विभिन्न देशमा पुगेर खेलमा सहभागी भएका खेलाडीहरुले नेपाललाई परिचित गर्ने काम गरेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend