काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् ।
पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन् ।
यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ । दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ ।
आईपिएलको फाइनल आइतबार हुँदैछ ।