Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मित्रहरिद्वारा विद्यालयलाई फ्रीज सौजन्य 


११, जेठ २०८१
  • 528
    SHARES
  • मित्रहरिद्वारा विद्यालयलाई फ्रीज सौजन्य 

    अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न. २ सितापुरमा अवस्थित सरस्वती माध्यमिक विद्यालयको मातहतमा रहेको सुस्तमनोस्थिति केन्द्रमा रहेका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिहिबार फ्रीज र खाद्य सामाग्रीहरु सौजन्य गरिएको छ ।

    बुटवलस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मोडल कलेजका प्रबन्धक मित्रहरि आचार्यद्वारा ब्यक्तिगत रुपमा  सरस्वती माध्यमिक विद्यालयलाई १ थान (१८० लिटर) फ्रीजका साथै खाद्य सामाग्रीहरु सौजन्य गरिएको थियो ।

    कार्यक्रम शितगङ्गा नगरपालिका वडा न. २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यदुप्रसाद काश्यप, विद्यालयका प्रधानाध्यापक खुम प्रसाद बेल्बासे, सहायक प्रधानाध्यापक धर्मराज खनाललगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहभागी वक्ताहरुले बालबालिकाको भविष्यलाई ख्यालमा राखेर गरिएको सहयोगले विद्यालयलाई राहत पुगेको भन्दै प्रबन्धक आचार्यलाई धन्यवाद दिएका थिए ।

    441053011_818893796355690_3306363922576856362_n.jpg

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend