Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सहकारी ठगीविरुद्ध सडकमा उत्रियो कांग्रेस 


१३, जेठ २०८१
  • 222
    SHARES
  • सहकारी ठगीविरुद्ध सडकमा उत्रियो कांग्रेस 

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ । संघीय संसद्‌मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर विरोधमा उत्रिएको कांग्रेसले आइतबारदेखि सडकमा पनि विरोध थालेको हो ।

    केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ ।

    सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको तथा संसद्‌मा सम्बोधन गर्ने क्रममा कांग्रेसका नेता र सांसदहरुमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड दिएर उठाइएको छ ।

    नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने लगायत नाराहरु लेखिएका प्ले-कार्ड प्रदर्शन गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend