Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित


१५, जेठ २०८१
  • 184
    SHARES
  • अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

    काठमाडौं – टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

    सोमबार राति अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा टस जितेर सुरुमा क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको हो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।

    नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्र्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाए। दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    कप्तान रोहित पौडेल तीन बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा सन्दीप जोराले १० बलको सामना गर्दै ६ रन बनाए। गुल्शन झा चार बलको सामना गर्दै शून्यमा आउट हुँदा सोमपाल कामीले ४ रन जोडेका थिए । करण केसी र सागर ढकालले समान ५–५ रन बनाउँदा अविनाश बोहोरा एक बलको सामना गर्दै शून्यमा आउट भएका थिए ।

    नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो। साद बिन जाफर र जेरेमी गोर्डनले समान दुईदुई विकेट लिँदा कलिम साना र परगत सिंहले एकएक विकेट लिएका थिए।

    यसअघि क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गरेका थिए। उनले ३९ बलमा ५२ रन बनाए। रवीन्द्रपाल सिंह ४१, नवनित धालिवालले ३२ रन बनाउँदा डिलन हेलिगर र परगत सिंहले समान १३-१३ रन बनाएका थिए। क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो।

    नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारे।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend