रोल्पा । रोल्पामा पनि १७ औं गणतन्त्र दिवस मनाइएको छ । रोल्पा नगरपालिका,स्वास्थ्य कार्यालय रोल्पा तथा गणतन्त्र दिवस जिल्ला स्तरीय समारोह समिति रोल्पाको आयोजनामा प्रभातफेरी कार्यक्रम र शुभकामना व्यक्त गर्दै दिवस मनाएको हो ।
बजार परिक्रमा गर्दै लिबाङ्को टुडिखेल पुगेर कोणसभा परिणत भएर औपचारिक कार्यक्रम समेत गरे । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको अध्यक्षतामा भएको १७ औं गणतन्त्र दिवस कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती रहेका थिए ।
नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति किशोर कुमार आचार्य, नेकपा एमालेका नेता घनश्याम आचार्य,नेकपा माओवादी केन्द्रका जिल्ला सचीव पूर्ण बहादुर वली, नेकपा एकीकृत समाजवादीका जिल्ला प्रतिनिधि तेजराज भण्डारी, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष वसन्ता आचार्य र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर लगायतको आतिथ्यता थियो ।
१७ औं गणतन्त्र दिवस कार्यक्रमलाई सफल बनाउन सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा कर्मचारीहरु,जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख तथा जवानहरु तेक्वान्दो संघका प्रशिक्षक तथा खेलाडीहरु,बुद्धिजीवी,नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाँझीको स्वागत मन्तव्यबाट सुरु भएको १७ औं गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथि रोल्पा नगरपालिकाका सुरेन्द्र थापा घर्तीले गणतन्त्रवादी,प्रतिगामीवादी र परिवर्तनवादीको लागि भएको बताउँदै यो महा उत्सव रहेको समेत बताए ।
जो सँग राजनीति चेतना छ,जो राष्ट्रवादी हो उनीहरुको लागि गणतन्त्र महा-उत्सव हो उनले भने । यो गणतन्त्र ल्याउन धेरै त्याग तपस्या संघर्ष र धेरैले रगत बगाएर,अंगभंग भएको र लोकतन्त्र गणतन्त्र दिन नचाहनेहरुबाट खोसेर स्थापना गर्न सफल भएको बताए । गणतन्त्र भनेको हाम्रो यो देशको व्यवस्था भएको जिकिर गर्दै घर्तीले भने यो हाम्रो देशमा यो भन्दा पहिले जहानीय राजा शासन थियो,निरंकुश पञ्चायत थियो अहिलेको पुस्ताले त्यसको अध्ययन गर्नु आवश्यक रहेको बताए ।
त्यस्तै बहुदल व्यवस्था र लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोले गणतन्त्र,लोकतन्त्र भनेको व्यवस्था भएको र संघीयता भनेको स्थापना भएको व्यवस्थालाई चलाउने प्रणाली हो भनेर सबैले बुझ्नु अहिलेको आवश्यकता भएको बताए । सबै राजनीति दलबाट नेकपा एमालेका नेता घनश्याम आचार्यले यो गणतन्त्र दिवस मनाउनको लागि नेपालीले धेरै मेहनत,धेरै रगत बगाएर आएको व्यवस्था भएको बताए ।
यो व्यवस्था सजिलै आएको होइन जस्तो लाग्छ मलाई र अर्को कुरा राणा शासन,पञ्चायती व्यवस्था देखि शाही कालको अवस्था देखि नेपाली जनताले प्रजातन्त्रसम्म स्वास फेर्न नसक्ने अवस्था रहेको समेत बताए । विगतको रोल्पा जिल्लाको कुरा गर्ने हो भने हामीले पनि पञ्चायती व्यवस्था भोगियौं,राणा शासन पनि भिगियौं र शाही कालमा कार्यक्रम गर्न जाँदा पनि प्रेस स्वतन्त्रता माथि गिरफ्तार हुने अवस्था थियो,आचार्यले भने ।
गणतन्त्र ल्याउनमा रोल्पा जिल्लाको पनि महत्त्वपूर्ण योगदान रहेको र प्रेस स्वतन्त्रता देखि ठूला जनयुद्ध जनआन्दोलन पनि रोल्पा जिल्लाबाटै भएकोले गणतन्त्र ल्याउनमा रोल्पाको पनि नेतृत्वदायी भूमिका रहेको बताए । सबै पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले गणतन्त्र प्राप्तिका निम्ति नेपाली सञ्चार क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको समेत बताए ।
हामी समाजवादी ल्याउन जुन हिसाबले लामबद्ध भएका छौँ र समृद्धिको दिशा तय गरिरहेको समेत बताए । यो समयमा मानिसले बोल्न पाउने,प्रश्न गर्न पाउने अधिकारबाट कोही पनि बञ्चित हुन नपर्ने बताएका छन । साथै प्रश्न देखि नडराउ प्रश्नलाई बचाएर राख्नु भनेको लोकतन्त्र,गणतन्त्रलाई संस्थागत गर्नु,विकास गर्नु वा प्रष्कृत गर्नु भएको बताए ।
स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य निरीक्षक डिल्ली बहादुर केसीले लोकतन्त्र शीर्षकको कविता वाचन गरे भने मे २८ का दिन विश्वभर महिनावारी स्वच्छता दिवस पनि परेकोले सोही अवसरमा महिनावारी स्वच्छता सम्बन्धि शीर्षक कविता स्वास्थ्य कार्यालय रोल्पाका लेखा अधिकृत मोतीराज न्यौपानेले सुनाए ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण समेत गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति रोल्पाका शाखा अधिकृत तुल प्रसाद कुँवरले गरेका थिए ।
