Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भलिवल

सातौं प्रधानमन्त्री भलिवल कप असार २३ गतेदेखि काठमाडौंमा हुने


११, असार २०८०
  • 130
    SHARES
  • सातौं प्रधानमन्त्री भलिवल कप असार २३ गतेदेखि काठमाडौंमा  हुने

    काठमाडौं । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार २३ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता असार २३ देखि ३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

    प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् । जस अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लव, त्रिभुवन आर्मी क्लब,  एपिएफ. क्लव, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृती – प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग वागढुङ्गा स्पोर्टस् क्लब रामेछाप गरि ८ क्लबको सहभागिता हुनेछन् । त्यस्तै महिलातर्फ नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेष्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने छ । 

    प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले लिग आगामी बर्षदेखि बार्षिक कार्यक्रम अन्तर्गत नै चल्ने बताउनुभयो । उनले उपत्यका बाहिरबाट आउन लागेका टिमहरुलाई एक लाख उपलव्ध गराउने जानकारी दिए । 

    त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५–३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्ने संघले जनाएको छ । प्रतियोगीताको अनुमानीत खर्च करिव ७५ लाख रहेको संघले जनाएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend