Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई


१२, असार २०८०
  • 241
    SHARES
  • प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

    बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो । यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह,  बुटवल र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरि ६ वटा समूहको सहभागिता रहेको थियो । खेल आर्चरीको कोच भगत गुरुङले खेलाएका थिए ।

    रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रवहादुर क्षत्री ९हरी०को अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले यो धनुषको प्रयोग विगतका ठूला युद्धमा समेत प्रयोग भएको ईतिहास सुनाउँदै लुम्बिनी प्रदेशमा यसलाई स्थापित गरि आगामी १० औं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    जेठ १४ गतेबाट प्रशिक्षण शुरु गरिएको आर्चरीमा नयाँ ५ जना खेलाडी उत्पादन गरेको छ । नयाँ ५ जनासहित अन्य १९ जना खेलाडीहरुको सहभागीता रहेको थियो। नयाँ खेलाडी डोमल बराल दीपनगर, केनन राना र अभिष गिरीले पहिलो चरणमा धनुष तान्दा  रमाइलो र खुसी लाग्यो । उनले भने यो खेलले मानसिक सँगै शाररीक व्यायाम हुने बताए । 

    ३० मिटर दूरीबाट तिर हान्ने प्रतियोगितामा प्रथम उपाधि सैनामैनाले हात पारेको छ । जसले २० हजार, मेडलसहित प्रमाणपत्रले पुरस्कृत भएको छ । दोस्रो १० देवदह पहिलो समूहले १० हजार, मेडल, प्रमाणपत्र र तेस्रो नवलपरासी बर्दघाट सुस्ता पश्चिमले ५ हजार मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको हो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend