Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यू-१९ क्रिकेट : सुदूरपश्चिम छनोट आइतबारदेखि


१७, जेठ २०८१
  • 205
    SHARES
  • यू-१९ क्रिकेट : सुदूरपश्चिम छनोट आइतबारदेखि

    बैतडी - यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनोट जेठ २० गते शुरु हुने भएको छ।  

    एकदिवसीय फरम्याटमा खेलाइने प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। 

    सार्वजनिक तालिकाअनुसार सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी  तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन्। समूह एबाट जेठ २० गते उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन्। 

    जेठ २१ गते दार्चुला र बैतडी,जेठ २२ गते डोटी र बैतडी,जेठ २३ गते डोटी र दार्चुला, जेठ २४ डडेल्धुरा र बैतडी तथा जेठ २५ गते डडेल्धुरा र डोटीले प्रतिस्पर्धा गर्नेछन्।
     
    यस्तै समूह बीबाट  जेठ २६ गते अछाम र बझाङ, जेठ २७ गते अछाम कैलाली,जेठ २८ गते कञ्चनपुर र बझाङ, जेठ २९ गते अछाम  र कञ्चनपुर, जेठ ३० गते बझाङ र कैलाली तथा जेठ ३१ गते कञ्चनपुर र कैलालीबीच खेल हुनेछ। 

    शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघले जनाएको छ। 

    प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए।

    खेल डडेल्धुराको परशुराम नगरपालिका-१२ स्थित  जोगबुढा रंग मैदानमा सञ्चालन हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend