Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीका एक वडाध्यक्षले उदाहरणीय कार्य गरेर जन्मदिन मनाए


१७, जेठ २०८१
  • 150
    SHARES
  • अर्घाखाँचीका एक वडाध्यक्षले उदाहरणीय कार्य गरेर जन्मदिन मनाए

    अर्घाखाँची । अर्घाखाँचीका एक वडाध्यक्षले उदाहरणीय कार्य गरेर आफ्नो जन्मदिन गरेर मनाएका छन् ।

    पछिल्लो समय फजुल खर्च गरेर मनाउने जन्मदिनलाई एक वडाध्यक्षले रचनात्मक तथा सामाजिक काम गरेर मनाएका छन् ।

    अर्घाखाँचीको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका वार्ड न १ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनमा अग्निपिडितलाई राहत र सुत्केरीलाई अण्डा वितरण गरेर जन्मदिन मनाएका छन् ।

    वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनमा बुधबार अग्नीपिडितलाई राहत र सुत्केरीलाई पौष्टिक आहारको रुपमा अण्डा प्रदान गरेका छन् ।

    गत वैशाखमा आगलागी भएर घरबार विहिन भएका भुमिकास्थान नगरपालिका-१, ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्निपिडित टेकबहादुर थापालाई नगद सहित दुई वटा बाख्रा, खाध्यान्न, ग्याँसचुलो, बलाङ्केट र कम्बल लगायत सामाग्री बुधबार बिहानै अग्निपिडित थापाको घरमै पुगी उक्त राहत सामाग्री वितरण गरेका छन् ।

    नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्लाका प्रभावसाली युवा नेताको रूपमा पनि परिचित खनालले बुधबार नै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बीच सुत्केरी महिलाहरुलाई पौष्टिक आहारको रुपमा अण्डा समेत वितरण गरेका छन् ।

    खनालले आफूले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक रचनात्मक तथा नमुना सामाजिक कामको रूपमा दुखी गरिबको लागि हित हुने काम गरी जन्मदिनको मनाउँदा आफूलाई निकै आनन्द महसुस भएको बताए ।

    साथै वडाध्यक्ष खनालले बिगतमा पनि आफूले आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका वार्ड न १ का विभिन्न धार्मिकस्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आएका छन् ।

    db690ed2-6f42-420f-b2f4-369d95740fe1.jpg962e442e-76c8-408d-8b3f-b78d0301e08b.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend