Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव हुदैँ


१२, असार २०८०
  • 508
    SHARES
  • परिवर्तन गाउँपालिकामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव हुदैँ

    रोल्पा । पश्चिम रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ। ब्याडमिन्टन खेल विकासको लागि हाम्रो अग्रता,स्वस्थ समाज निर्माणको लागि हाम्रो प्रतिबद्धता भन्न्ने  मुलनाराका साथ परिवर्तन गाउपालिका-३,बागमारामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८० असार १३ गते बुधबार देखि असार २७ गतेसम्म हुन लागेको हो।

    प्रगतिशील ब्याडमिन्टन क्लब परिवर्तन गाउँपालिका-३,बागमाराको आयोजना र बजार व्यवस्थापन समिति परिवर्तन गाउँपालिका-३ बागमाराको सह-आयोजनामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८० हुन लागेको आयोजकले जानकारी दिएको छ । बुधबार देखि उद्घाटन हुने महोत्सव कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन(सिजल)को प्रमुख आतिथ्यतामा र नेकपाका वैकल्पिक केन्द्रका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका केन्द्रिय सदस्य सन्तोष सुवेदी(प्रयास) को विशिष्ट आतिथ्यतामा हुने प्रगतिशील ब्याडमिन्टन क्लबका अध्यक्ष प्रेम कुमार बुढामगरले जानकारी दिनु भएको छ।

    बुढामगरले भन्नुभयोूहामीले कार्यक्रम उद्घाटन गर्नका लागि प्रतिनिधिसभाका सांसद अथवा प्रदेशका मन्त्रीलाई ल्याउने भनेका थियौ तर उहाँहरुको ब्यस्तताले गर्दा प्रदेश सांसद र नेकपाका केन्द्रिय सदस्यलाई बोलाएका छौ,उनले भने।त्यस्तै महोत्सव अवधिभर परिवर्तन गाउँपालिका भित्र रहेका मौलिक कला संस्कृति,भेषभुषा,परिवर्तन गाउँपालिका भित्र उत्पादन हुने कृषि जन्य वस्तु र परिवर्तन गाउँपालिका भित्रका महत्त्वपूर्ण पर्यटन क्षेत्रको प्रदर्शन गर्न सकिने समेत आयोजकले बताएको छ।

    प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सवलाई सभ्यर भव्य रूपमा सफल बनाउन विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,स्वास्थकर्मी,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा कर्मचारी, पत्रकार,शिक्षक,विद्यार्थी,बुद्धिजीवी,व्यापारी विभिन्न झाँकी समूहलाई उपस्थित भइदिन आयोजकले अपिल गरेको छ।महोत्सव अवधिभरमा नेपाली चलचित्रका महानायक राजेश हमाल लगायत राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend