Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रियाल मड्रिडलाई १५औँ पटक च्याम्पियन्स लिगको उपाधि


२०, जेठ २०८१
  • 192
    SHARES
  • रियाल मड्रिडलाई १५औँ पटक च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

    शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियाललाई जित दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे । 

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि ७४औँ मिनेटमा कार्भाहालको गोलमा रियालले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा कार्भाहालले सन् २०१५ पछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् । कार्भाहालले गोल गरेको नौ मिनेटपछि जुनियरले गोल गर्दै रियालको अग्रता दोब्बर बनाएका थिए ।

    ८७औँ मिनेटमा डर्टमन्डका फुलक्रुगले हेडर गोल गरे पनि लाइन्समेनबाट अफसाइडको इसारा भएपछि जर्मन क्लब रियालको अग्रता घटाउन असफल भएको थियो । त्यसअघि २३औँ मिनेटमा मार्सेल साबिटजरको प्रहार बारमा लागेर फर्किनु डर्टमन्डका लागि दुर्भाग्य बन्यो ।

    रियाल मड्रिड सन् २०२२ पछि च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend