Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको शानदार जित


२०, जेठ २०८१
  • 253
    SHARES
  • टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको शानदार जित

    काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

    क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो। अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे।

    एड्रिस जोसले ६५ रनको योगदान दिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए।

    क्यानडाका लागि करिम साना, डिलोन हेलिंगर र निखिल दत्ताले समान १/१ विकेट लिए।

    त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो।

    क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए।

    ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे। अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान १/१ विकेट लिए।

    विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी भिड्दै छन्। खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend