Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

'गाउँ आएको बाटो'को गीत 'राई माईला' सार्वजनिक


२१, जेठ २०८१
  • 404
    SHARES
  • 'गाउँ आएको बाटो'को गीत 'राई माईला' सार्वजनिक

    काठमाण्डौ – जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'गाउँ आएको बाटो'को पहिलो गीत सार्वजनिक गरिएको छ ।

    ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको सङ्गीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

    चलचित्रको सार्वजनिक गीतमा कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

    निर्देशक नवीन सुब्बा निर्देशित उक्त चलचित्र ले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । निर्देशक सुब्बाको यो तेस्रो चलचित्र हो ।

    मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

    टोरोन्टो र बुसान चलचित्र महोत्सवमा समेत प्रशंसा बटुलेको 'गाउँ आएको बाटो'को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend