Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी-२० विश्वकप : सुपर ओभरमा नामिबियाद्धारा ओमान पराजित


२१, जेठ २०८१
  • 218
    SHARES
  • टी-२० विश्वकप : सुपर ओभरमा नामिबियाद्धारा ओमान पराजित

    काठमाडौँ । नामिबियाले आईसीसी टी-२० विश्वकप-२०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।

    समूह बी को पहिलो नाटकीय खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ । अन्तिम ओभरमा नामिबियाले ५ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउन पर्ने थियो । तर, ओमानले १ विकेट गुमाउँदै १० रन बनायो । नामिबियाका अनुभवी बलर डेविड विजाले आफ्नो अनुभवको भरपूर्ण फाइदा लिदै मात्रै १० रन खर्चिए । त्यसमा पनि अन्तिम बलमा जिशान मकसुदले छक्का हानेका थिए ।

    ओमानले सुपर ओभरमा बिलाल खानलाई बलिङ दिएको थियो । मेहरान खानले अन्तिम ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा उनलाई ओमानले बलिङ दिएन । नियमित तीव्र गतिका बलर बिलाल खानलाई बलिङ दिएको थियो ।

    सुपर ओभरमा नामिबियाका डेविड विजाले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हाने । तेस्रो बलमा दुई र चौथो बलमा एक रन जोडेका थिए । कप्तान जेराल्ड इरास्मसले पाँचौं र अन्तिम बलमा चौका हान्दै २१ रन जोडेका थिए ।

    ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । अन्तिम ओभरमा मध्य गतिका बलर मेहरान खानले मात्रै ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    पहिलो बलमा मेहरानले जेन फ्रेलिंकलाई ४५ रनमा बोल्ड गरे । दोस्रो बल डट हुँदा तेस्रो बलमा जेन ग्रीन एलबीडब्लू आउट भए । मलान क्रुगरले चौथो बलमा एक रन लिए ।

    डेविड विजाले पाँचौं बलमा दुई रन बटुलेका थिए । अन्तिम बलमा विजाले मिस गरेका थिए । तर विकेटकिपर नसिम खुसीले रन आउट गर्न चुकेपछि खेल बराबर भएको थियो । नाटकीय रुपमा मेहरानले खेल बराबरी गराएका थिए ।

    नामिबियाका जेन फ्रेलिंकले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाए । निकोलस डेभिनले २४ र जेराल्ड इरास्मसले १३ रन बनाए । अन्यले राम्रो गर्न सकेनन् ।

    ओमानका मेहरान खानले ३ ओभरमा ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । बिलाल खान, आयन खान र अकिब इलियासले १र१ विकेट लिए ।

    त्यसअघि केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा १०९ रनमा अल आउट भएको थियो ।

    ओमानका खालि कैलले ३९ बलमा १ चौका र १ छक्कासहित ३४, जिशान मकसुद २२ र आयन खानले १५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले इनिङको सुरुवाती दुई बलमा कश्याप प्रजापति र अकिब इलियासलाई एलबीडब्लू आउट गरेपछि ओमानले कुनैपनि समय राम्रो गर्न सकेन ।

    नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । डेविड विजाले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जेराल्ड इरास्मसले २ र बेनार्ड स्कोल्ट्जले १ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend