Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्थानीय तहका जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल


२१, जेठ २०८१
  • 233
    SHARES
  • स्थानीय तहका जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल

    बुटवल । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

    जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा सोमबार बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा स्थानीय सरकार र सञ्चारमाध्यमको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन ।

    उनीहरुले बुटवल उपमहानगरपालिकाद्धारा दलित तथा सिमान्तकृत समुदायका पक्षमा थालेका प्रयास र गरेका कामहरुको सन्बन्धमा छलफल समेत गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्धा जहिल्यै पनि पत्रकार र सञ्चारमाध्यमको प्राथमिकतामा पर्ने बताउँदै समन्वयका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए । उनले जातका बिषयमा सञ्चारक्षेत्र विभाजित हुन नहुने बताउँदै मुद्धा उठानमा सञ्चारक्षेत्रले कहिल्यै कन्जुस्याईँ नगरेको बताए ।

    यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यमबहादुर सुनार, कृष्णबहादुर सुनार, बसन्ती विश्वकर्मा र सुनिता खडलुकले बुटवल उपमहानगरपालिकामा दलित तथा सिमान्तकृत समुदायको सवाललाई कार्यक्रम र बजेट मार्फत सक्दो सम्बोधन गर्ने प्रयत्नमा जुटेको बताउँदै प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा रेडियो जागरणका तर्फबाट विनोद परियारले बुटवल उपमहानगरका असल अभ्यास अन्तर्गत तयार पारिएको कार्यक्रमहरु र त्यसबाट प्राप्त निकर्षलाई जनप्रतिनिधि र सरोकारवालाहरुका बिच प्रस्तुत गरेका थिए ।

    यस्तै बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बुटवल उपमहानगरबाट दलित तथा सिमान्तकृत समुदायका सवालमा नीतिगत र बजेट कार्यक्रमका रुपमा समेटिएका बिषयहरुबारे प्रस्तुती राखेका थिए ।

    कार्यक्रममा जनप्रतिनिधिहरु माया दर्नाल, अधिकारकर्मीहरु लोकबहादुर नेपाली, गंकुल विश्वकर्मा, अधिवक्ता दीपा सुनार, मनु खड्का, पत्रकार टंक सुनार लगायतले दलित जनप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिएका थिए ।

    कार्यक्रम जागरण मिडिया सेन्टरका कोषाध्यक्ष जगलाल नेपालीको अध्यक्षता, रेडियो जागरणका समाचार संयोजक अम्बिका परियारको सञ्चालन एव्म कार्यक्रम संयोजक विरेन्द्र कुँवरको स्वागतमा सम्पन्न भएको हो ।

    IMG_2882.JPG

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend