Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

साफ महिला च्याम्पियनशिप नेपालमा हुने


२१, जेठ २०८१
  • 176
    SHARES
  • साफ महिला च्याम्पियनशिप नेपालमा हुने

    काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ । सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनशिप २०२४ को आयोजक स्वीकृत गरेको हो । प्रतियोगितामा साफका सात वटै देशको सहभागिता रहने छ । प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा हुने तय भएको छ ।

    यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो । त्यो संस्करणमा नेपाल फाइनलमा बङ्ग्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ ।

    यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन् ।

    यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend