काठमाडौं – अहिले आईसीसी टी-२० विश्वकप अन्तर्गत अफगानिस्तान र युगान्डाको खेल भइरहेको छ। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।
समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्। यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ।
पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो । यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।